म्याग्दी । म्याग्दी जेसिजले बेनी नगरपालिका वडा नम्वर ६ स्थित डम्मरामा शनिवार विहान वृक्षारापण गरेको छ । कार्यक्रम संयोजक विशाल खत्रीको संयोजकत्वमा निलढुंगामा रहेको पिकनिक स्पोट र तल्लो डम्मरा देखि चुत्रेनी जाने सडकको दायावाँया गरि १५४ वटा विरुवा रापिएको छ ।
‘तपाई रुख रोप्नुहोस, शितलता सवैले प्राप्त गर्नेछन’ भन्ने नारा सहित वर, पिपल, अमल, बेल, पारिजात लगायत विभिन्न फलफुलका विरुवा रापिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद घर्तिले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष धनन्जय कुमार श्रेष्ठ, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, म्याग्दी जेसिजका पूर्व अध्यक्ष विरेन्द्र श्रेष्ठ, विनय श्रेष्ठ, नवर्तमान अध्यक्ष दिनेश बानियाँ, लगायतका जेसिजका पदाधिकारी र डम्मरा टोल सुधार समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
रुख विरुवाले घर वरपरको वातावारण सुन्दर र हराभरा बनाउने भएकाले डम्मराको वस्ती नजिकै रहेको सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको शाखा अध्यक्ष घर्तिले बताउनुभयो । उहाँले विरुवालाई हुर्काउनका लागि आवश्यक हेरचाह गर्न समेत टोल बासीहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया