logo
  • २ बैशाख २०८३, बुधबार | Wed, 15 Apr 2026
  • धौलागिरी ४ को केरावारीमा जीप दुर्घटनाः ६ जना घाईते, दुईको अवस्था गम्भिर

    • myagdipress myagdipress
    • २९ माघ २०८२ बिहीबार
    धौलागिरी ४ को केरावारीमा जीप दुर्घटनाः ६ जना घाईते, दुईको अवस्था गम्भिर

    म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्वर ४ नाउराबाट बेनीतर्फ आउँदै गरेको जीप सोहि वडाको केरावारी भन्ने स्थानमा दुर्घटना भएको छ । ग १ च ७२२२ न.को बोलेरो जिप बिहिबार दिउँसो करिव २ बजेको समयमा सडक बाट करिव २५ मिटर तल खसेको हो ।

    दुर्घटनामा परि जीपमा सवार ६ यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

    घाईतेहुनेहरुमा रौतहट जिल्ला चन्द्रपुर न.पा.१ बस्ने बर्ष ३९ को मनिराज लुङगेली, धवलागिरी गा.पा. ४ नाउरा बस्ने बर्ष ४० की टिका घर्ती, खिबाङ बस्ने बर्ष अन्दाजी.२२ को छयन्द्र घर्ति, अछाम जिल्ला तुर्माखाँद गा.पा. वडा नं. ५ बस्ने बर्ष २७ को खगेन्द्र शाही, सोही स्थानका बर्ष अन्दाजी २० को निरक शाही, पाँचथर जिल्ला निक्लाजुङ गा.पा. वडा नं. ४ बस्ने बर्ष ३४ को पालदिङ तामाङ रहेका छन ।

    घाईतेहरुको हात, टाउको, कम्मर, आँखा लगायत शरिरको विभिन्न भागमा चोट लागेको छ । घाइते मध्य टीका घर्ति र खगेन्द्र शाहीको अवस्था गम्भिर रहेको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो । घाइतेहरुको दरवाङ आधारभूत अस्पतालमा उपचार भईरहेको छ ।

    जीपका चालक धौलागिरी ४ वगर वस्ने नन्द बहादुर सुनारलाई नियन्त्रण लिइएको छ । जीपमा चालक सहित ७ जना सवार रहेका थिए । चालक सुनार भने सामान्य घाइते छन । उक्त जीपको व्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।



    myagdipress myagdipress    
  • २९ माघ २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP