logo
  • २८ भाद्र २०८३, आईतवार | Sun, 13 Sep 2026
  • गणेश नेपालीको परिवार महानगरविरुद्ध जाहेरी दिन प्रहरीमा पुग्यो

    • myagdipress myagdipress
    • २९ असार २०८३ सोमबार
    गणेश नेपालीको परिवार महानगरविरुद्ध जाहेरी दिन प्रहरीमा पुग्यो

    काठमाडौं । आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएर ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवार ज्यानसम्बन्धी कसुरमा जाहेरी दिन प्रहरी वृत्त कालिमाटी पुगेका छन् ।

    प्राप्त जानकारीअनुसार मृतक नेपालीको परिवारले काठमाडौं महानगरपालिका र खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर जाहेरी लेखाउँदैछन् ।

    त्यहाँका डीएसपी नरेशकुमार सिंहका अनुसार कुन मुद्दामा कसलाई प्रतिवादी बनाउने भन्नेबारेमा छलफल गर्न नेपालीको परिवार सोमबार बिहानै त्यहाँ पुगेका थिए । कानुन व्यवसायीहरूको सल्लाहबमोजिम ज्यानसम्बन्धी कसुरमा जाहेरी लेखाउन उनीहरु लेखापढी व्यवसायीकहाँ पुगेको उनले बताए ।

    ‘हामीकहाँ जाहेरी आइपुगेको छैन, लेखाउन जानुभएको छ’, उनले भने, ‘जाहेरी आएपछि दर्ता हुने, नहुने वा प्रतिवादी कसलाई र के आधारमा बनाइएको भन्ने विषयमा केही जानकारी छैन ।’

    गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटमा नेपालीले मोटरसाइकल पार्किङ गरेपछि काठमाडौं महानगरपालिकाबाट खटिएका प्रहरीले ह्वील लक लगाएको थियो । त्यसपछि ती प्रहरीसँग उनको विवाद भयो । गणेशले केहीबेरमा मोटरसाइकलको ट्यांकीबाट पेट्रोल झिकेर शरीरमा खन्याएका थिए । र, आफैँले आफ्नो शरीरमा आगो लगाएका थिए ।



    myagdipress myagdipress    
  • २९ असार २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP