logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • पुलहाश्रम–रावणपार्क क्षेत्रमा पत्रकार महासंघको पर्यटन प्रवर्धन कार्यक्रम

    • myagdipress myagdipress
    • २२ श्रावण २०८२ बिहीबार
    पुलहाश्रम–रावणपार्क क्षेत्रमा पत्रकार महासंघको पर्यटन प्रवर्धन कार्यक्रम

    म्याग्दी, २२ साउन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा मङ्गलवार पौलस्त्य–पुलहाश्रम–रावणपार्क क्षेत्रमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो ।

    पत्रकार महासंघ म्याग्दी शाखाको घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पौलस्त्य–पुलहाश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको क्षेत्रका रुपमा विकास गर्न नगरपालिकामार्फत आवश्यक पहल थालिएको बताउनुभयो । उहाँले विभिन्न धार्मिक ग्रन्थहरुको अध्ययन तथा तथ्यहरुको पहिचान गरी पुलहाश्रम क्षेत्रमा रावणपार्क बनाइएकाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले पछै क्षेत्रमा रावणपार्क निर्माणसँगै अब पौलस्त्य पुलहाश्रम क्षेत्रको महत्व र विशेषतालाई उजागर गरी प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । बेनी नगरपालिका ५ नम्बर वडा पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले वडा कार्यालय, बेनी नगरपालिका र पर्यटन मन्त्रालयसँगको साझेदारीमा पछै क्षेत्रमा रावणपार्क निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याइएको जानकारी दिनुभयो ।

    पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले महासंघमार्फत यसअघि सञ्चालित पर्यटन प्रवद्र्धन कार्यक्रमलाई वर्तमान कार्यसमितिले निरन्तरता दिएको बताउँदै ओझेलमा परेका जिल्लाको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुमा पुगेर प्रचारप्रसारमा जोड दिइने बताउनुभयो । पौलस्त्य पुलहाश्रम क्षेत्र विकास कोषका उपाध्यक्ष तेजप्रकाश बानियाँ र पुलाचौर आमा समूहका अध्यक्ष शान्ति शर्माले पुलहाश्रम–रावणपार्क क्षेत्रसम्म सहज आवतजावतको लागि सडकको स्तरोन्नति गर्नुपर्ने माग गर्नुभयो ।

    कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका सचिव ठाकुरप्रसाद आचार्यले पत्रकार महासंघ म्याग्दीले बनाएको ११ बुँदे पुलहाश्रम–रावणपार्क घोषणापत्र वाचन गरेर सुनाउनुभएको थियो । उक्त कार्यक्रममा स्थानीय पौलस्त्य आमा समूह र पुलाचौर आमा समूहले फुलमालासहित स्वागत गरेका थिए । घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम महासंघका अध्यक्ष गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सहसचिव तथा कार्यक्रमका संयोजक प्रताप बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।



    myagdipress myagdipress    
  • २२ श्रावण २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP