logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
  • आजदेखि दशैँ पर्व सुरुः राखियो घरघरमा जमरा

    • myagdipress myagdipress
    • ६ आश्विन २०८२ सोमबार
    आजदेखि दशैँ पर्व सुरुः राखियो घरघरमा जमरा

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरुको महान् पर्व बडादसैं आजबाट सुरू भएको छ। आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ।

    बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैं घरमा विधिपूपर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ। आजैदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ।

    जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ। आजकै दिन हनुमानढोका दरवार स्क्वायरको दशैं घरमा पनि विधिवत् रुपमा जमरा राखिएको छ। यस वर्षको दशै टिका असोज १६ गते रहेको छ ।



    myagdipress myagdipress    
  • ६ आश्विन २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP