logo
  • ७ कार्तिक २०८३, शुक्रबार | Fri, 23 Oct 2026
  • सहयोग जुटाएर बुजेकमा बनाइयो आमा समूहको भवन

    • myagdipress myagdipress
    • १७ आश्विन २०८३ शनिबार
    सहयोग जुटाएर बुजेकमा बनाइयो आमा समूहको भवन

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानी बुजेकमा देउतिनी आमा समूहको नवनिर्मित भवन उद्घाटन गरिएको छ। स्वदेश तथा विदेशमा रहेका स्थानीयवासी, विभिन्न संघसंस्था र व्यक्तिहरूको सहयोगमा भवन निर्माण गरिएको हो।

    स्थानीय समाजसेवी पूर्णबहादुर पुन र ज्येष्ठ नागरिक पुनदेवी शेरपुजाले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभयो। भवन निर्माणका लागि विभिन्न स्रोतबाट १५ लाख ४९ हजार ५२३ रुपैयाँ संकलन भएकोमा ११ लाख ९७ हजार ४१३ रुपैयाँ खर्च भएको आमा समूहले जनाएको छ।

    २१ घरधुरी रहेको बुजेकमा सामूहिक भेला, बैठक, सामाजिक कार्यक्रम तथा आमा समूहका गतिविधि सञ्चालन गर्न भवन प्रयोग गरिनेछ। भवन निर्माणमा गाउँबासीले आर्थिक अवस्था अनुसार सहयोग गरेका थिए।

    कार्यक्रममा वक्ताहरूले भवन निर्माणलाई समुदायको एकता र सहकार्यको उदाहरणका रूपमा उल्लेख गर्दै आगामी दिनमा यसलाई सीपमूलक तालिम तथा अन्य सामाजिक गतिविधिका लागि समेत प्रयोग गर्नुपर्नेमा जोड दिए।

    भवन निर्माणमा प्राविधिक सहयोग गर्ने रामबहादुर शेरपुजालाई सम्मान गरिएको कार्यक्रममा विभिन्न आमा समूहले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।



    myagdipress myagdipress    
  • १७ आश्विन २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP