logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • राज्यमन्त्री गर्वुजाद्वारा शपथ ग्रहण

    • myagdipress myagdipress
    • २१ बैशाख २०८२ आईतवार
    राज्यमन्त्री गर्वुजाद्वारा शपथ ग्रहण

    काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री खमबहादुर गर्बुजा (खम्विर) ले शपथ लिनुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गर्बुजाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । गर्वुजा २०७९ सालको निर्वाचनमा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

    कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्च अधिकारी उपस्थित थिए ।

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

    यसअघिका ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई देउवाको सिफारिसमा प्रधानमन्त्रीले बर्खास्त गर्नुभएको थियो ।



    myagdipress myagdipress    
  • २१ बैशाख २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP