काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त हुनुभएको छ ।
घुस ‘डिल’ को अडिओ काण्डमा मुछिएका यसअघिका मन्त्री राजकुमार गुप्ताको राजीनामा स्वीकृतसँगै राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी न्यौपानेलाई नियुक्त गरिएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।
न्यौपाने अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट उदाउनुभएको हो । अनेम संघ तनहुँको सचिव हुँदै दुई कार्यकाल अध्यक्ष हुनुभयो। तनहुँ एमालेको जिल्ला सचिव निर्वाह गर्नुभएकी न्यौपाने राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सदस्यसमेत हुनुहुन्छ ।
प्रतिक्रिया