logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • नेपालले विद्युत व्यापारमा इतिहास रच्यो, एक वर्षमै साढे १७ अर्बको बिजुली निर्यात

    • myagdipress myagdipress
    • २३ श्रावण २०८२ शुक्रबार
    नेपालले विद्युत व्यापारमा इतिहास रच्यो, एक वर्षमै साढे १७ अर्बको बिजुली निर्यात

    काठमाडौं । सरकारले वैदेशिक बजारमा विद्युत निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

    गत आर्थिक वर्ष २०८१र०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत निर्यात गर्न सफल भएको हो ।

    नेपाल विद्युत प्राधिकरणले आव २०८१र०८२ को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको हो । निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको देखिन्छ ।

    विद्युत व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको उर्जा मन्त्री दिपक खड्काले बताए । गत वर्ष भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्यु आयात गरिएको भएपनि आयातको परिमाण क्रमशः घट्दै गएको छ । यसले नेपाललाई ‘खुद आयातकर्ता’ बाट ‘खुद निर्यातकर्ता बनेको छ ।

    विद्युत निर्यातको यो सञ्जाल केवल भारतमा सीमित छैन । बंगलादेशसँग भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ । जुन आगामी दिनमा अझै विस्तार हुने सम्भावना छ । बंगलादेशलाई प्रतियुनिट ६।४० अमेरिकी सेन्टमा बिजुली बिक्री हुँदै आएको छ ।

    वर्षायाममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा ९डे अहेड र रियल टाइम मार्केट० निर्यात गर्न थालिएको प्रणालीले ठूलो लाभ दिइरहेको छ ।

    नेपालले अहिले भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत निर्यात गरिरहेको छ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा भारत–बंगलादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत नेपाली विद्युत बंगलादेशसम्म पुग्न थालेको छ ।nepalpress



    myagdipress myagdipress    
  • २३ श्रावण २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP