logo
  • २७ भाद्र २०८३, शनिबार | Sat, 12 Sep 2026
  • जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उम्मेदवार थापाको प्रतिवद्धता

    • myagdipress myagdipress
    • १७ फाल्गुन २०८२ आईतवार
    जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उम्मेदवार थापाको प्रतिवद्धता

    म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई सुनिश्चित गर्न प्राथमिकता दिने बताउनुभएको छ ।

    म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदी र खिवाङमा आइतबार मतदाताहरुसँगको भेटघाटका क्रममा उमेद्वार थापाले म्याग्दीमा निर्माण सकिएका जलविद्युत आयोजनाहरुले पनि प्रभावित क्षेत्रका बासिन्दाका लागि संस्थापक सेयर लगानीका लागि गरेको ढिलाईप्रति चासो देखाएको बताउनुभयो ।

    “जलविद्युत आयोजनाको कुल लागतको १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दाले सेयर लगानी गर्न पार्ने नीतिगत ब्यवस्था भएपनि नागरिकमा जानकारी नहुँदा र विभिन्न कारणले निर्माण सम्पन्न भएका आयोजनाहरुले पनि सेयर जारी नगरेकोमा हामीले चासोका साथ हेरेका छौ,” उहाँले भन्नुभयो “प्रभावित क्षेत्र र जिल्लाबासीहरुलाई जलविद्युत आयोजनामा आफ्नो क्षमता अनुसारको लगानीको वातावरण मिलाउन पहल गर्ने मेरो प्रमुख मुद्दा हो ।”

    जलविद्युत आयोजनाका प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्वको बजेटलाई स्थानीयको माग र आवश्यकता अनुसार पारदर्शी र व्यवस्थित किसिमले कार्यान्वयन गराउने बताउनुभयो । उज्यालो म्याग्दी कार्यक्रम मार्फत नेकपाका जनप्रतिनिधीहरुको अगुवाईमा खिवाङ र नेरवाङमा केन्द्रिय लाइनको विद्युत विस्तारको काम भइरहेको बताउदै उमेद्वार थापाले मुदीमा पर्ने धौलागिरि हिमाल र धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार निर्माण, प्रर्वद्धन र पर्यटन विकासमा जोड दिने प्रतिवद्धता जनाउनुभयो ।

    नेकपाका युवा नेता समेत रहनुभएका धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले मुदी–मुना सडकको दरखोलामा परेको मोटरेबल पुल योजना लमसुङमा लगिएको भनेर फैलाइएको भ्रमको खण्डन गर्नुहुदै सो ठाउँमा जसरी पनि मोटरेबल पुल बनाएर यातायात सञ्चालनमा सहज बनाउन पहल भइरहेको जानकारी दिनुभयो ।

    भेटघाटका क्रममा मुदी र खिवाङका बासिन्दाले सडक स्तरोन्नति, रोजगारी, गाउँमै आयआर्जन गर्ने अवसर हुने वातावरण बनाउने कानुन, नीति र बजेटमा पहुँच पु¥याउन सुझाव दिएका थिए ।



    myagdipress myagdipress    
  • १७ फाल्गुन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP