logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • हाम्रो पात्रोले दर्ताका लागि निवेदन दियो, मेटालाई सूचीकरणको ‘लिष्ट’ पठाइयो

    • myagdipress myagdipress
    • १९ भाद्र २०८२ बिहीबार
    हाम्रो पात्रोले दर्ताका लागि निवेदन दियो, मेटालाई सूचीकरणको ‘लिष्ट’ पठाइयो

    सरकारले नेपालमा दर्ता नभएका कारण निष्क्रिय पार्ने सूचीमा समावेश भएको हाम्रो पात्रो प्लेटफर्मले दर्ताका लागि सञ्चार मन्त्रालयमा आजै निवेदन दिएको छ ।

    सरकारले फेसबुक कम्पनी मेटाको आग्रहबमोजिम दर्ताका लागि आवश्यक विवरणको लिष्ट समेत पठाएको छ ।

    सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार हाम्रो पात्रो प्लेटफर्मका तर्फबाट आजै सूचीकरणका लागि निवेदन दर्ता भएको हो । त्यस्तै मेटाका प्रतिनिधिले मन्त्रालयसँग सूचीकरणका लागि आवश्यक कागजातको बारेमा अनौपचारिक जानकारी मागेको बताइएको छ ।

    मन्त्रायका प्रवक्ता गजेन्द्र ठाकुरले मेटाको ठेगानामा नेपालको कानूनबमोजिम दर्ताका लागि आवश्यक विवरणको सूची पठाएका छन् ।

    सरकारले आजैबाट फेसबुक, हाम्रो पात्रो समेत २६ प्लेटफर्म दर्ता नभएसम्म निष्क्रिय नबाउन दूरसन्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरिसकेको छ ।Nepalpress



    myagdipress myagdipress    
  • १९ भाद्र २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP