logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • काठमाडौंका नगरप्रहरी प्रमुख भन्छन्ः हाम्रो सुरक्षाको ग्यारेन्टी नभएसम्म सडकमा निस्कदैनौं

    • myagdipress myagdipress
    • २८ असार २०८३ आईतवार
    काठमाडौंका नगरप्रहरी प्रमुख भन्छन्ः हाम्रो सुरक्षाको ग्यारेन्टी नभएसम्म सडकमा निस्कदैनौं

    काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी ट्राफिक व्यवस्थापनमा खटिन छाडेपछि सडकका फुटपाथहरु अस्तव्यस्त बनेका छन् । गणेश नेपालीको आत्मदाहको साइड इफेक्टस्वरुप यो अवस्था देखा परेको हो ।

    नगरप्रहरीसित विवादपछि नेपालीले आत्मदाह गरेका थिए । यस घटनामा आलोचित बनेको नगरप्रहरी त्यसयता सडकमा निस्किनै डराएको छ। फलस्वरुप फुटपाथमा व्यवसायीहरुले कब्जा गर्न थालेका छन् । नगरप्रहरी नभएपछि फुटपाथमा सामान बेच्ने, सडकमै जताभावी पार्किङ गर्ने लगायतका गतिविधि बढेको छ ।

    दुई दिनदेखि नियमित ड्युटी रोकिएको नगरप्रहरी प्रमुख विष्णु जोशीले बताए । यसको प्रत्यक्ष असर फुटपाथ अतिक्रमण र अव्यवस्थित पार्किङमा देखिन थालेको उनको भनाइ छ ।

    उनले भने, ‘पछिल्लो घटनाक्रमपछि उत्पन्न विवादले नगरप्रहरीहरुले असुरक्षित महसुस गरेका छन् । हामी काममा फर्केका छैनौं ।’

    जोशीका अनुसार अहिले कतै पनि नगरप्रहरीले नियमित काम गरेको छैन । जसको कारण सडकमा फुटपाथ व्यवसायी र पार्किङको समस्या बल्झिएको छ ।

    आफूहरुको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा फर्कन नसक्ने उनले बताए । सुरक्षा ग्यारेन्टीको लागि जिल्ला प्रशासन कार्यालयसँग वार्ता चलिरहेको उनको भनाइ छ ।

    ‘वार्ता चलिरहेको छ । बेलुकासम्म केही निर्देशन आउला कि । हामी हाम्रो सुरक्षाको ग्यारेन्टी नभएसम्म सडकमा निस्कन सक्ने अवस्था छैन,’ जोशीले भने ।nepalpress



    myagdipress myagdipress    
  • २८ असार २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP