logo
  • ७ कार्तिक २०८३, शुक्रबार | Fri, 23 Oct 2026
  • जेसीजको आयोजनामा दश किलोमिटर दौड प्रतियोगिता

    • myagdipress myagdipress
    • ८ आश्विन २०८३ बिहीबार
    जेसीजको आयोजनामा दश किलोमिटर दौड प्रतियोगिता

    म्याग्दी । म्याग्दी जेसीजले आफ्नो १० हजार दिने ऐतिहासिक यात्रा पूरा हुन लागेको अवसरमा साविक धौलागिरी अञ्चलस्तरीय १० किलोमिटर पुरुष खुला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    यही असोज १८ गते सो प्रतियोगिता संचालन गरि जेसीज स्थापनाको १० हजार दिन मनाउन लागिएको हो । आगामी कार्तिक ४ गते म्याग्दी जेसिज स्थापना भएको १० हजार दिन पुग्दै छ, तर सो समयमा नेपालीहरुको महान पर्व वडादशैँ पर्ने भएकाले त्यस अघिनै प्रतियोगिता संचालन गर्न लागिएको म्याग्दी जेसीजका महासचिव गोकुल सुनारले जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम हुनेले १५ हजार ९९ रुपैयाँ, द्वितीयले १० हजार ९९ रुपैयाँ र तृतीयले ७ हजार ९९ रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै ४ हजार ९९ र २ २ हजार ५६ रुपैयाँ सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ । सहभागीले असोज १६ गतेसम्म रु. ५०० शुल्क तिरेर नाम दर्ता गर्न सक्नेछन् ।

    बेनी नगरपालिका–४ स्थित तातोपानीबाट दौड सुरु भई बेनी–७ संगमचोक स्थित जेसीज सचिवालयमा आएर समापन हुनेछ ।
    युवाहरुलाई स्वस्थ र तन्दुरस्त रहन अभिप्रेरित गर्ने उद्देश्य राखेर जेसीज स्थापनाको १० हजार वर्ष पुगेको सुखद उपलक्ष्यमा १० किलोमिटर दौड प्रतियोगिता संचालन गर्न लागिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश कुमार विश्वकर्माले बताउनुभयो ।



    myagdipress myagdipress    
  • ८ आश्विन २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP