logo
  • ७ कार्तिक २०८३, शुक्रबार | Fri, 23 Oct 2026
  • जन्मदिनमा वडा अध्यक्ष बानियाँको सामाजिक सेवा, ३५ विद्यार्थीलाई शैक्षिक सामग्री

    • myagdipress myagdipress
    • १९ आश्विन २०८३ सोमबार
    जन्मदिनमा वडा अध्यक्ष बानियाँको सामाजिक सेवा, ३५ विद्यार्थीलाई शैक्षिक सामग्री

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।

    असोज १८ गते परेको जन्मदिनको अवसरमा वडा अध्यक्ष बानियाँले जामुनाखर्क माध्यमिक विद्यालयमा कक्षा ४ देखि १० सम्म अध्ययनरत ३५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई करिब ३० हजार रुपैयाँ बराबरको विद्यालय पोसाक र कापी सहयोग गर्नुभएको हो ।

    सोमबार विद्यालयमै पुगेर विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाले विद्यार्थीलाई गरिएको सहयोगले उनीहरूको पठनपाठनमा सहयोग पुग्ने बताउनुभयो ।

    वडा अध्यक्ष बानियाँले जन्मदिनमा फजुल खर्च गरेर उत्सव मनाउनुभन्दा सामाजिक तथा मानवीय सेवामार्फत जन्मदिन मनाउने गरेको बताउनुभयो । उहाँले विगतदेखि नै आफ्नो जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।

    विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको सहयोगले विपन्न परिवारका बालबालिकालाई विद्यालय जान र नियमित अध्ययन गर्न थप प्रोत्साहन मिल्ने प्रधानाध्यापक ढुङ्गानाको भनाई छ ।



    myagdipress myagdipress    
  • १९ आश्विन २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP