logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • बेनी नगरपालिकाको स्थापना दिवसमा रक्तदान र स्वास्थ्य परिक्षण

    • myagdipress myagdipress
    • २५ बैशाख २०८२ बिहीबार
    बेनी नगरपालिकाको स्थापना दिवसमा रक्तदान र स्वास्थ्य परिक्षण

    म्याग्दी । बेनी नगरपालिकाको १२ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको छ ।
    विश्व रेडक्रम दिवसको समेत अवसर पारेर बेनी नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको आयोजना तथा रक्त संचार केन्द्र बेनीको प्राविधिक सहयोगमा बिहिबार बेनीको विरेन्द्रचोकमा कार्यक्रम गरि रगत संकलन गरिएको हो ।

    कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले पनि रक्तदान गर्नुभएको छ । मेयर केसीको यो ८३ औँ पटकको रक्तदान हो ।
    स्थापना दिवसको अवसरमा नगरपालिका परिसरमा नसर्ने रोगको चेकजाँच सहित स्वास्थ्य परिक्षण गरिएको छ । सो अवसरमा १ सय ३३ जनाले स्वास्थ्य परिक्षण गराएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट खगराज निउरेले जानकारी दिनुभयो ।

    यसैगरि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी विच मैत्रीपूर्ण फुटसल र व्याटमिन्टन खेल पनि संचालन गरिएको छ । दिवसको अवसरमा नगरपालिकाको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा बेनी नगर प्रमुख केसीले नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा समस्त नगरबासीहरुलाई शुभकामना प्रकट गर्नुहुँदै नगरपालिका विकास र समृद्धिको यात्रामा लम्किरहेको बताउनुभयो ।

    कार्यक्रममा बेनी नगर उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

     



    myagdipress myagdipress    
  • २५ बैशाख २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP