logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
  • कांग्रेसको निरन्तर अवरोध, पारित भयो नीति तथा कार्यक्रम

    • myagdipress myagdipress
    • १३ जेष्ठ २०८१ आईतवार
    कांग्रेसको निरन्तर अवरोध, पारित भयो नीति तथा कार्यक्रम

    काठमाडौँ- नेपाली कांग्रेसको नाराबाजी र अवरोधका कारण सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेल सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन्।

    यसअघि बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरू चित्रबहादुर केसी, प्रेम सुवाल, विष्णुप्रसाद पौडेल, जनार्दन शर्मा, स्वर्णिम वाग्ले, वीरेन्द्रप्रसाद महतोलगायतले छलफलमा भाग लिएका थिए। त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा सभामुख घिमिरेले गरे। उनले भने, ‘‘सम्माननीय राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु।’

    कांग्रेस अवरोधको शृंखला

    कांग्रेसले बजेट अधिवेशन सुरु भएदेखि निरन्तर संसद् अवरोध गर्दै आएको छ। वैशाख २८ गते सुरु भएको अधिवेशनमा कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति नबनाएसम्म बैठक चल्न नदिने बताएका थिए। त्यसपछि आजसम्म निरन्तर संसद् बैठक अवरुद्ध हुँदै आएको छ।



    myagdipress myagdipress    
  • १३ जेष्ठ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP