म्याग्दी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा सोमबार मंगला गाउँपालिका–५, अर्मनको चाङ्गामा घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुमा पुगेर त्यहाँको सम्भावनाबारे प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित चाङ्गामा पर्यटन प्रवद्र्धनको कार्यक्रम गरिएको हो ।
पत्रकार महासंघ म्याग्दीले हरेक महिनाको एकपटक जिल्लाको पर्यटकीय क्षेत्रमा पुगेर घुम्ती वैठक आयोजना गर्ने र ती क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ अभियानको रुपमा घुम्ती वैठकसँगै पर्यटन प्रवद्र्धन कार्यक्रमलाई अगाडि बढाएको छ । म्याग्दी जिल्लामा क्रियाशील सबै पत्रकार तथा सञ्चारकर्मीहरुलाई लक्षित गरिएको महासंघको घुम्ती वैठक तथा अभियानको रुपमा अगाडि सारिएको पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रममा पत्रकारसहित सरोकारवालाको सहभागिता रहेको छ ।
जिल्लास्थित स्थानीय पालिका, वडा र सरोकारवाला निकायहरुसँगको समन्वय तथा सहकार्यमा कार्यक्रम गर्ने गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले जनाएको छ । मंगलाको चाङ्गामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पत्रकार महासंघले अभियानको रुपमा सञ्चालन गरेको पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रमले जिल्लाका ओझेलमा परेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, उजागर तथा पहिचानमा सहयोग पु¥याएको बताउनुभयो । उहाँले चाङ्गा म्याग्दी जिल्लाकै भर्जिन पर्यटकीय क्षेत्रको रुपमा रहेको बताउँदै यहाँको सम्भावनाबारे उजागर तथा प्रचारप्रसार गरेर पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभयो ।

चाङ्गा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकामार्फत सडक तथा पदमार्ग निर्माण र स्तरोन्नतिलगायत पर्यटकीय पूर्वाधारहरुमा सहयोग गरिएको अध्यक्ष रोकाको भनाइ छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले आफू पत्रकार महासंघ म्याग्दीको अध्यक्ष हुँदा सञ्चालन गरेको पर्यटन प्रवद्र्धन कार्यक्रमलाई वर्तमान कार्यसमितिले निरन्तरता दिएकोमा धन्यवाद दिनुभयो । उहाँले पत्रकार तथा सञ्चारकमीहरुको काम प्रचारप्रसारसहित सम्भावित क्षेत्रको उजागर गर्ने रहेको बताउँदै चाङ्गा क्षेत्रलाई पर्यटनको हव बनाउन स्थानीयवासी, वडा तथा पालिकाले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले आगामी दिनमा पनि महासंघमार्फत पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । मंगला गाउँपालिका ५ नम्बर वडाका वडा अध्यक्ष भूपेन्द्रबहादुर केसी र धौलागिरि पर्यटन परिषद तथा फोटो पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष अमर बानियाँले पत्रकार महासंघले अगाडि सारेको पर्यटन प्रवद्र्धनको कार्यक्रम अत्यन्तै सराह्रनीय रहेको बताउँदै यसले जिल्लामा पर्यटकीय क्षेत्रको पहिचानमा सहयोग पु¥याउने बताउनुभयो ।
कार्यक्रम नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं पर्यटन प्रवद्र्धन कार्यक्रमका संयोजक अमित विश्वकर्माको अध्यक्षता, सचिव ठाकुरप्रसाद आचार्यको स्वागत र कार्यसमिति सदस्य राकेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, गाउँकार्यपालिका सदस्य भूमिसरा बुढाथोकी, वडा सदस्यद्वय दिलबहादुर थापा, गुप्तबहादुर रोकाको विशेष उपस्थिति रहेको थियो भने स्थानीय आमा समूह, युवा क्लब लगायतले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया