logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • सकियो म्याग्दी क्याम्पसको ५ दिने क्षमता विकास तालिम

    • myagdipress myagdipress
    • ३ जेष्ठ २०८२ शनिबार
    सकियो म्याग्दी क्याम्पसको ५ दिने क्षमता विकास तालिम

    म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसमा संचालित ५ दिने क्षमता विकास तालिम समापन गरिएको छ । क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुको कार्यसम्पादनमा थप उत्कृष्टता ल्याउने उद्देश्यले तालिम आयोजना गरिएको थियो ।

    गत वैशाख २६ गतेबाट शुरु भएको उक्त तालिममा विभिन्न खेलहरु मार्फत संगठनवाट हुने गुणस्तरीय कार्य सम्पादन र कार्यरत प्राध्यापक तथा कर्मचारीहरुको व्यक्तित्व विकासमा आवश्यक व्यवहारिक ज्ञान र सिप प्रदान गरिएको थियो ।

    तालिममा क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरु, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष, गुणस्तर सुधार समूह संयोजक सहित करीव ३५ जनाको सहभागीता रहेको सहायक क्याम्पस प्रमुख एवम् सूचना अधिकारी नारायणप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

    तालिममा नेतृत्व विकास, सुशासन, उत्प्रेरणा, व्यक्तित्व विकास लगाएतका विषयवस्तुमा आधारित रहेर विभिन्न सहभागितामूलक खेलहरु खेलाउदै क्याम्पस विकासमा सरोकारवालाहरुको विचको पारस्परिक सम्बन्ध, भूमिका र महत्वका वारेमा प्रशिक्षण तथा अभ्यास गरिएको क्याम्पु प्रमुख श्रीधर सुबेदीले बताउनु्भयो ।

    क्याम्पस प्रमुख सुबेदीले धौलागिरी क्षेत्रमा रहेका क्याम्पसमा नतिजा र भौतिक पूर्वाधारमा अब्बल रहेको क्याम्पसले आन्तरिक जनशक्तीको क्षमता बृद्धिलाई समेत प्राथमिकता दिएको बताउनुभयो ।

    पाँच दिनसम्म सञ्चालित उक्त तालिममा अन्तराष्ट्रिय श्रम संगठनवाट मान्यता प्राप्त प्रशिक्षक श्री लक्ष्मी प्रसाद आचार्य लगाएत डा. डिल्लीराज गौतम, राजु बस्नेत र लायन्स क्लव अफ अन्तराष्ट्रियका निर्वतमान गर्भनर चन्द्र केसीले सहजीकरण गर्नुभएको थियो ।

    तालिमको क्याम्पस प्रमुख सुवेदीको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठ प्रमुख आथित्यता, सहायक क्याम्पस प्रमुख सुवेदीको स्वागत र अनुसन्धान समितिका संयोजक टीकराम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।



    myagdipress myagdipress    
  • ३ जेष्ठ २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP