logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • सकियो गलेश्वरको बालाचतुर्दशी मेला

    • myagdipress myagdipress
    • १४ मंसिर २०८२ आईतवार
    सकियो गलेश्वरको बालाचतुर्दशी मेला

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा संचालित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला–२०८२ समापन भएको छ ।

    खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास संस्थाको संयुक्त सह–आयोजनामा आयोजित मेलामा प्रौढ भलिबल, पुरुष भलिबल, बास्केटबल, खुल्ला नृत्य प्रतियोगिता लगायत विभिन्न सांस्कृतिक कार्यक्रम संचालन भएको थियो ।

    शनिबार सम्पन्न फाइनल खेलमा पुलाचौरलाई सोझो शुन्यका विरुद्ध तीन सेट हात पार्दै पर्वतको भङ्गराले वडा पुरुष भलिबलको उपाधि हात पार्न सफल भएको हो । प्रथम भएको भङ्गराले नगद एक लाख एक हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र हात पारेको छ भने द्वितिय भएको पुलाचौरले ५१ हजार १११ रुपैयाँ सहित मेडल, प्रमाणपत्र, ट्रफीमा चित्त बुझाएको छ ।

    पहिलो सेमिफाइनल खेलमा घतानलाई पराजित गर्दै भङ्गरा फाइनल प्रवेश गरेको हो भने दोस्रो सेमिफाइनलमा पुलाचौरले मल्लाजलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

    प्रौढ भलिबलतर्फ घतानले घारलाई पराजित गर्दै उपाधि हात पार्न सफल भयो । भने घार उपविजेतामै चित्त बुझाउनुप¥यो । प्रौढ भलिबल तर्फ विजेता र उपविजेता भएका दुवै टिमले क्रमशः ७५ हजार एक सय ११ रुपैयाँ र ४० हजार एक सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । यसैगरी बास्केटबलतर्फ कालीपुल एलाई पराजित गदै पिप्ले विजयी भएको छ । विजेता र उपविजेता दुवैटिमले क्रमशः ७५ हजार १११ रुपैयाँ र ४० हजार १११ नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

    खुल्ला नृत्य प्रतियोगितातर्फ मेघना गर्बुजा र तिना पाईजाको जोडी प्रथम, सफल गर्बुजा द्वितिय र एन्जिला शेरपुन्जा तृतिय भएकाहरुले क्रमशः १२ हजार एक सय ११ रुपैयाँ, आठ हजार एक सय ११ र चार हजार १११ रुपैयाँ हात पोका छन् ।

    मेला संयोजक लोकेन्द्र खड्काका अनुसार, मेलामा प्रौढ भलिबलतर्फ घारका रामचन्द्र खड्का उत्कृष्ट खेलाडी, बास्केटबलतर्फ हाईजेष्ट स्कोरर कालीपुल एका पुस्कर छन्त्याल र उत्कृष्ट खेलाडीको रुपमा पिप्लेका सुदिप कार्की तथा पुरुष भलिबलतर्फ पुलाचौरका सौगात बानियाँ पुरस्कृत हुनुभयो । विजेता र उपविजेतालाई वडा अध्यक्ष चक्र केसी, स्थानीय समाजसेवी नरकुमार बुढाथोकी, क्लब अध्यक्ष अमित पुन, मेला सहसंयोजक पदम छन्त्याल, आर्थिक संयोजक राजु पुर्जा, खेलकुद संयोजक राजन शेरपुन्जा र रविन पुर्जा, आमा समुह अध्यक्ष फुलकुमारी रोका, क्लब सचिव बचन पुन, सांस्कृतिक कार्यक्रम संयोजक दिशु गर्बुजा लगायतले पुस्कार वितरण गर्नुभयो ।

    क्लब अध्यक्ष पुनले मेलालाई भव्य र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्ने आर्थिक सहयोगीदाता सहित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । मेलाको उद्घाटन निवर्तमान उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ’खम्बीरले गर्नुभएको थियो ।
    स्थानीय कला संस्कृतिको जगेर्ना, प्रचारप्रसार तथा खेलकुद क्षेत्रको विकास, एकआपसमा भाइचारा सम्बन्ध स्थापित गर्न र खेलप्रतिभाको पहिचान गर्न मेला संचालन गरिएको आयोजकले जनाएको छ ।

    मेलामा चर्चित कलाकारहरु शान्तारानी परियार, राम गगन, सम्झोज मल्ल, अमित विश्वकर्मा, रितेश घताने, कमल पुन, चन्द्र कुमार पूर्जा, बावुराम सुवेदी तिरे, क्लबका कलाकार लगायतको सांगितिक र सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । संयोजक खड्काले मेला समापन कार्यक्रमको संचालन गर्नुभएको थियो ।



    myagdipress myagdipress    
  • १४ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP