म्याग्दी, १७ असोज । म्याग्दीको बेनी नगरपालिका–८ न्युरोड क्षेत्रमा गएको पहिरोको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका लागि भूगर्भविद्को टोलीले स्थलगत अध्ययन थालेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौर्गोलिक समाजको नेतृत्वमा पुगेको टोलीले खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पसचोक आसपासको पहिरोग्रस्त क्षेत्रको अध्ययन गरेको हो । टोलीमा समाजका अध्यक्ष भास्कर खतिवडा लगायत हुनहुन्छ ।
टोलीले ड्रोनबाट पहिरो प्रभावित क्षेत्रको तस्बिर लिनुका साथै ढुङ्गा तथा माटोका नमुना सङ्कलन गरी भूगर्भीय अवस्था अध्ययन गर्नेछ। बुधबार राति गएको पहिरोले एक दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको छ ।
अध्ययनपछि तयार हुने प्राविधिक प्रतिवेदनका आधारमा पहिरो नियन्त्रण तथा स्थानीयवासीको सुरक्षाका लागि दीर्घकालीन योजना बनाईने बेनी नगरपालिका प्रमुख सुरत केसीको भनाई छ ।
प्रतिक्रिया