logo
  • ५ असार २०८३, शुक्रबार | Fri, 19 Jun 2026
  • नविन आनन्द योग केन्द्रको अध्यक्षमा पौडेल

    • myagdipress myagdipress
    • ३१ जेष्ठ २०८३ आईतवार
    नविन आनन्द योग केन्द्रको अध्यक्षमा पौडेल

    म्याग्दी । नविन आनन्द योग केन्द्र नेपालको अध्यक्षमा हरिप्रसाद पौडेल चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनबाट निर्वाचित कार्य समितिको उपाध्यक्ष ओमकुमारी फगामी,सचिव सन्दिप खत्री, कोषाध्यक्ष कमलकुमारी पुन र सह–सचिव दिपेन्द्र कुमार विश्वकर्मा रहनुभएको छ।

    कार्यसमिति सदस्यहरूमा पवित्रा बोगटी केसी,कुलराज पौडेल,दुर्गा शर्मा,प्रतिक्षा श्रेष्ठ,निरञ्जना श्रेष्ठ,सिता घले, इश्वरी सापकोटा र जमुना आचार्य रहनुभएको नवनिर्वाचित सचिव खत्रीले जानकारी दिनुभयो । छैठौ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन गदैं प्रमुख अतिथि सन्त सुभदासले स्वस्थ जीवनयापनको लागि योग अति आवश्यक रहेको बताउनुभयो ।

    उहाँले मानव जीवन तथा दैनिक कार्यसम्पादनमा योग महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा योगलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । समयको पालना, अनुशासन र आहारविहारमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । सोही कार्यक्रममा योग गुरु नविन जुग्जालीले मानसिक र शारिरीक स्वास्थ्यका लागि नियमित रुपमा योगाभ्यास गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा बेनी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, योग प्रशिक्षक दुर्गा शर्माले मन्तब्य राख्नुभएको थियो । योग केन्द्र स्थापनाका लागि हालसम्म १४ लाख संकलन भएकोमा स्थानीय तहमार्फत योगसाधना केन्द्र स्थापनाका लागि पहल गरिने जनाइएको छ ।

    नवनिर्वाचित अध्यक्ष पौडेलले विद्यालय तथा समुदायस्तरमा योगसाधना तथा संस्थागत विकासलाई प्राथमिकता दिने बताउनुभयो । कार्यक्रममा नवीन आनन्द योग केन्द्रका निर्वतमान अध्यक्ष सुरेन्दराज शर्मा, स्वागत प्रशिक्षक दिपेन्द्र विश्वकर्मा र सञ्चालन हरिप्रसाद पौडेलले गर्नुभएको थियो । नियमित योगाभ्यास गर्नाले शरिरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले म्याग्दीका ग्रँमिण क्षेत्रमा समेत योग शिविर तथा कक्षाहरु सञ्चालन भैरहेका छन् ।



    myagdipress myagdipress    
  • ३१ जेष्ठ २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP