logo
  • ११ भाद्र २०८३, बिहीबार | Thu, 27 Aug 2026
  • यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

    • myagdipress myagdipress
    • २० श्रावण २०८३ बुधबार
    यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

    काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले योसहित ७ निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।

    हेर्नुहोस् निर्णयहरूः
    – तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

    – लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति गर्ने ।

    – नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।

    – पशु बधशाला र मासु जाँच ऐन, २०५५ चरणबद्ध रुपमा नेपाल राज्यभर लागू गर्ने।

    – बालबालिका सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८१ सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।

    – विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सचिव पदमा प्राध्यापक डाक्टर रोजिश श्रेष्ठ लाई नियुक्ति गर्ने।

    – सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरुलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने ।



    myagdipress myagdipress    
  • २० श्रावण २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP